तुलसीपुर,११ श्रावन । तुलसीपुर चेम्बर अफ कमर्शको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन भोली शनिबार तुलसीपुरमा हुँदैछ ।साधारण सभा तथा अधिवेशनमा तुलसीपुर क्षेत्रका ४ सय जना व्यावसायीहरुको सहभागिता रहने तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले आगामी योजना सहित नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।
विहान ११ वजेदेखि तुलसीपुर ५ अरनिको मैदान अगाडि रहेको विएसएस पार्टी प्यालेसमा हुने साधारण सभामा सहभागिताका लागि सबै व्यवसायीहरुलाई उहाँले आग्रह पनि गर्नु भएको छ ।।
प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।