२०८३ कार्तिक ११ गते मङ्गलवार

नेपाल पत्रकार महासङ्घको निर्वाचन प्रक्रिया अगाडि बढ्ने

दाङ, ३० असार । सदस्यता वितरणमा असहमति जनाउँदै नेपाल प्रेस युनियनले लगाएको ताला खोलेपछि नेपाल पत्रकार महासङ्घको निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ । युनियनले केन्द्रीय कार्यालय, सञ्चारग्रामसहित महासङ्घका प्रदेश र जिल्ला गरी करिब ४ दर्जन कार्यालयमा लगाएको ताला आजबाट खोल्न थालेको युनियनका अध्यक्ष शिव लम्सालले बताउनुभयो ।

महासङ्घ र युनियनबिच हिजो महासङ्घको निर्वाचन प्रक्रिया अविलम्ब अगाडि बढाउन भन्दै दुई बुँदे सहमति भएको थियो । जसमा मतदाता नामावलीमा प्रक्रियामा आएर पनि छुट्न गएका सक्रिय पत्रकारको हकमा युनियनले देखाएको चासो र मागलाई सम्बोधन गर्ने र युनियनले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने उल्लेख छ । महासंघले प्रक्रियामा आएर छुट्न गएका सक्रिय पत्रकारहरूको नाम समावेश गरी निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार ३० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।