२०८३ कार्तिक ११ गते मङ्गलवार

सुनचाँदी महासंघमा दाङबाट कोषाध्यक्ष सहित दुई जना निर्वाचित

तुलसीपुर,१७ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्वाचनमा दाङबाट केन्द्रिय कोषाध्यक्ष सहित दुई जना निर्वाचित भएका छन् । महासंघको काठमाडौँमा असार १४ र १५ गते सम्पन्न चौथो महाधिवेशनबाट दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी सुदिप श्रेष्ठ केन्द्रिय कोषाध्यक्षमा र तुलसीपुरकै प्रतिष्ठित सुनचाँदी व्यवसायी लोक बहादुर स्वर्णकार केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ । श्रेष्ठ यस अघि पनि केन्द्रिय कोषाध्यक्ष र स्वर्णकार केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।

महासंघको केन्द्रिय महाधिबेशनमा अध्यक्ष लगाएत अन्य पदाधिकारीमा सहमती हुन नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित हुनु भएको छ । प्रतिद्धन्द्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उहा अध्यक्षमा निर्वाचित हुनु भएको छ । रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गर्नुभएको थियो । महाधिवेशनमा देशभरबाट चार सय ४६ प्रतिनिधि सहभागी रहेका थिए ।।

प्रकाशित मिति : २०८१ असार १७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।