दंगीशरण, १४ असार । दाङको दंगीशरण गाउँपालिकाको आयोजनामा न्यायिक समिति सङ्ग सरोकारवालाहरुको लागि कानुनी अभिमुखिकरण कार्यक्रम आजदेखि दंगीशरणमा शुरुभएको छ । आजदेखि पर्सि आइतबारसम्म चल्ने कानुनी अभिमुखिकरण आज एक कार्यक्रमकाविच उद्घाटन गरीएको हो । कानुननी अभिमुखिकरण उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र मेलमिलापकर्ताहरुका लागि न्यायिक समितीवारे जानकारी गराइने बताउनुभयो । ३ दिन सम्म चल्ने अभिमुखिकरणले न्यायिक समिती र मेलमिलापकर्तालाइ न्याय सम्पदानमा सहज पुग्ने विस्वास ब्यक्त गर्नुभयो । सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले कानुनको छुट कसैलाइ नहुने हुदा कानुनि विज्ञताका वारेमा जानकार रहन आग्रह गर्नुभयो ।
स्थानिय तहमा मेलमिलापकर्ताहरु उजुरी प्रशासक तथा २ जना कार्यपालिका सदस्य सहितको न्यायिक समिती रहने हुदा न्याय सम्पादनको क्रममा आइपरेका समस्या तथा चुनौतीको सहजताका लागि कानुनी अभिमुखिकरण कार्यक्रमले सहयोग गर्ने अपेक्षा गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृय डिलाराम पाण्डेको स्वागत मन्तब्यबाट शुरुभएको उद्घाटन कार्यक्रमको सहजीकरण शिक्षा साखा सहायक उमा केसीले गर्नुभएको थियो । अभिमुखिकरणको प्रशिक्षकमा उच्च सरकारी वकिल कार्यालय तुलसिपुरका सह न्याधिवक्ता मोहन सागर बस्याल रहनुभएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।