२०८३ कार्तिक ११ गते मङ्गलवार

सल्यानको ग्रामिण भेगमा श्वास्थ्य शिविर

मिना बुढाथोकी,सल्यान २ जेठ । सल्यान दार्मा गाँउपालिकाको फारुलामा दुई दिने निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ । शिविरमा सस्थ्य परिक्षण गराउन आएकी दार्मा गाँएपालिका –२ निवासी ५८ वर्षीया पुतली विकले यस शिविरमा जाँच गराउन पाँउदा निकै सजिलो महसुस भएको बताईन् । दुई दिन सम्म चलेको सो स्वास्थ्य शिविरमा पुतली विक जस्तै पाठेघरको समस्या भएका र महिलामा हुने अन्य विभिन्न खाले स्वास्थ्य समस्या भएका ५ सय ६१ जना महिलाले स्वास्थ्य जाँच गराए जसमध्ये ५सय १० जनाले स्वास्थय उपचार पाएको ओरेक नेपालका जिल्ला संयोजक अशोक चौधरीले बताए । साथै १८ जना महिलालाई जिल्ला अस्पताल सल्यान, दाँग तथा नेपालगन्ज मा अप्रेसनका लागी रिफर गरिएको उनले बताए । शिविरमा महिलाहरुमा देखिने पाठेघर सम्बन्धीका विभिन्न खाले समस्याको उपचार तथा परामर्श दिएको उपचारमा संलग्न जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर सविता घिमिरेले बताईन् । यसै गरि महिलाहरुमा हुने अन्य रोगको बारेमा पनि जानकारी गराइएकोे अन्चल अस्पताल तुलसीपुरका स्त्री रोग विशेषज्ञ डाक्टर विनोद सिंहले बताए ।

प्रकाशित मिति : २०७५ जेष्ठ २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।