तुलसीपुर,२५ जेठ । तुलसीपुरमा रहेको इलाका प्रशासन कार्यालयमा भइरहेको भिडभाड कम गर्नका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको छ । पछिल्लो २ हप्तादेखि बढिरहेको अत्यधिक भिडभाड नियन्त्रण गर्न राष्टिय परिचय पत्र तथा पञ्जिकरण विभाग, प्रमुख जिल्ला अधिकारी लगायतसँग छलफल भइरहेको कार्यालय प्रमुख यज्ञबहादुर बूढाले जानकारी दिनुभयो । यस्तै कर्मचारी थप गर्ने विषयमा स्थानिय स्तरका राजननितिक दल र सरोकारवाला निकायले पहल गर्नु पर्ने उहाँले बताउनु भयो ।
राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउन राष्टिय परिचयपत्रको नंबर अनिवार्य हुनुपर्ने भनेपछि केही हप्ता यता तुलसीपुरस्थित इलाका प्रशासन कार्यालयमा बिहानैदेखि जेष्ट नागरिक, एकल महिला र शारिरीक अशक्तहरुको भिडभाड हुने गरेको छ । उनीहरु राष्टिय परिचय पत्र बनाउनका लागि प्रशासन कार्यालयमा विहानै कार्यालय खुल्ने समय भन्दा पहिले नै ५/ ६बजेदेखि लाइन बस्न गएका हुन्छन्। चर्कौ गर्मीमा २ दिन सम्म घन्टौँ लाइनमा बसेर परिचयपत्र बनाएको तुलसीपुर १६ फच्कलुवाकी ७२ वर्षीय टुमावेवी भण्डारीले बताउनु भयो ।
गत कात्तिक, मंसिर महिना गाउँ गाउँमा घुम्ती अभियान मार्फत अफलाइनमा राष्ट्रिय परिचय पत्र दर्ता हुँदा त्यो बेला परिचयको नम्बर नपाएका र नयाँ बनाउने एकै पटक आउँदा धेरै भिडभाड हुने गरेको कार्यालय प्रमुख बूढाले बताउनुभयो । कार्यालय पहिला २ जना दर्ता गर्ने कर्मचारीहरू थिए ।
गत पुसमा विभागले एक जना कर्मचारीलाई तानेपछि अहिले एक जना कर्मचारीबाट काम भइरहेको उहाँको भनाइ छ । कार्यालयबाट राष्ट्रिय परिचय पत्र दर्ताको कार्य २०७८ साउनदेखि भएको र यही जेठ २१ गतेसम्म गरी ५३ हजार २९० जनाको दर्ता भएको छ । प्रशासन कार्यलयमा तुलसीपुरका साथै दंगीशरण, शान्तिनगर र बबइका सयौँ अशक्त तथा जेष्ट नागरिकको आजभोलि भिडभाड छ ।त्रैमासिक रुपमा भत्ता बुझ्दै आएकाहरूलाई अनिर्वाय रुपमा राष्ट्रिय परिचय पत्र बनाउनै पर्ने नियमका कारण उनीहरुले यस्तो समस्या भोगिरहेका हुन । यसअघि उनीहरुले नागरिकताका आधारमा भत्ता पाउँदै आएका थिए ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।