२०८३ कार्तिक ११ गते मङ्गलवार

नेतृत्व र व्यक्तित्व विकासका गर्न सगरमाथा स्कुलमा निर्वाचन

तुलसीपुर, १८ जेठ । तुलसीपुर ९ वेलुवा स्थित सगरमाथा बालवाटिका इङलिश स्कुलमा सगरमाथा बाल क्लव र सगरमाथा क्वालिटि सर्कल (इस क्यू सी) को निर्वाचन सम्पन्न भएको छ । विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका साथै क्षमता अभिवृद्धि र प्रजातान्त्रिक प्रणालीबारे जानकारी दिन यो निर्वाचन गरिएको हो ।

जसमा बाल क्लवको अध्यक्षमा सम्राट चौधरी र सगरमाथा क्वालिटि सर्कलको अध्यक्षमा अमित नेपाली विजय हुनु भएको छ । त्यसैगरी बाल क्लवको उपाध्यक्षमा  महेस वली, सचिवमा श्रृष्टि वस्याल, कोषाध्यक्षमा अनु रसाईली, महिला सदस्यमा विन्दु खनाल र खुल्ला सदस्यमा प्रीन्सेस गुरूङ र अनुस्का डाँगी विजय हुनु भएको छ । यसैगरी सगरमाथा क्वालिटि सर्कल (इस क्यू सी) को उपाध्यक्षमा गौरव भुषाल, सचिवमा मिसन के.सी, कोषाध्यमा भुवन वली, महिला सदस्यमा मनिसा वली र खुल्ला सदस्यमा अञ्जली वि.क. र शैलेस के. सी. विजय हुनु भएको विद्यालयको कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले जानकारी दिनुभयो ।

विद्यालय स्तरबाटै विद्यार्थीलाई सफल नेतृत्व चयन गर्न सके मात्र सभ्य र पारदर्शी समाजको निर्माण हुन सक्ने विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले बताउनु भयो । यस्ता किसिमका गतिविधिले विद्यार्थीको व्यवहारीक ज्ञानमा जोड दिदै प्रजातान्त्रिक अभ्यासले सफल नागरीक छनोट गर्न सक्ने र उचित निर्णय लिनुको साथसाथै पढाईमा सहयोग पुग्ने उहाँको भनाइ थियो । निवार्चन प्रणालीले विद्यार्थीको नेतृत्व विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने र व्यवहारीक ज्ञानको सिकाई समेत हुने कुरा निर्वाचन अधिकृत केशर बुढाथोकीले बताउनुभयोे ।

आज विहान ७ बजेबाट सूरू भएको निर्वाचनमा मतदाताहरूको सक्रिय सहभागिता रहेको निर्वाचन ठाकुर डाँगीले बताउनु भयो । उहाँका अनुसार विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आज निर्वाचन गरिएको हो ।।

 
प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।