२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा पनि नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

तुलसीपुर, १४ जेठ। प्राविधिक समस्याका कारण दाङसहित रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ ।

दाङको लमहीदेखि घोराहीतर्फ आउने बाटोमा प्राविधिक समस्याका कारण नेपाल टेलिकमको टेलिफोन सेवा आज विहान करिब पौने १० बजेदेखि अवरुद्ध भएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्मा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक समस्याका कारण घोराही, तुलसीपुर, सल्यान, रुकुम लगायतका क्षेत्रमा सबै प्रकारका मोबाइल र ल्याण्डलाइन सेवा प्रभावित हुँदा नागरिकहरुलाई समस्या भएको छ ।

फोन नलाग्ने समस्या आएपछि टेलिकमका सेवाग्राही मर्कामा परेका छन् भने प्राविधिकको टोलीले मर्मतको काम गरिरहेको प्रमुख अधिकारीले बताउनु भयो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।