काठमाडौँ, १२ जेठ । नेपालमा चियाको गुणस्तर मापन गर्ने प्रयोगशालाको अभावका नेपालको चिया बजार प्रभावित भएको छ । चालु आर्थिक वर्षमा नेपालको चिया निर्यात साढे ७ करोडले घटेको छ ।
भारतीय बजारले नेपालको चियाको गुणस्तरमा प्रश्न गर्दै चिया आयातमा रोक लगाएको थियो । नेपालबाट निर्यात हुने चियामध्ये ९८ प्रतिशत भारत जान्छ । भारतले नेपालको चिया ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेको छ । नेपालले सिधै अन्तर्राष्ट्रिय बजारमा चिया पठाउन अन्तर्राष्ट्रियस्तरको गुणस्तर परीक्षण गर्नुपर्ने हुन्छ ।तर गुणस्तर परीक्षणका लागि आफ्नै प्रयोगशाला नहुँदा भारतको भर पर्नुपरेको छ ।
सरकारले प्रयोगशालाका लागि बजेट व्यवस्थापन गर्ने बताए पनि त्यसो हुन नसकेको, राष्ट्रिय चिया तथा कफि विकास बोर्डका उपनिर्देश डा. लक्ष्मण पोखरेलले जानकारी दिनुभयो । नेपालको चिया अन्तर्राष्ट्रिय गुणस्तरको दाबी गरिएको भए पनि प्रमाणीकरण हुन नसक्दा निर्यात बजार प्रभावित भइरहेको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।