२०८३ कार्तिक ११ गते मङ्गलवार

प्राविधिक शिक्षाले श्रमप्रति सम्मान गर्न सिकाउँछः पोख्रेल

तुलसीपुर, ६ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजको शैक्षिक भवनको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले भवनको उद्घाटन गर्नु भएको हो । कलेजको उद्घाटन गर्दै पोख्रेलले प्राविधिक शिक्षाको केन्द्रका रुपमा कलेजले आफुलाई स्थापित गर्दै लगेको बताउनुभयो ।

प्राविधिक शिक्षाले श्रमप्रति सम्मान गर्न सिकाउने बताउँदै पोख्रेलले श्रमलाई व्यवस्थापन गर्न नसक्दा बेरोजगारी उत्पन्न भएको कुरामा जोड दिनुभयो । युवाहरुलाई व्यावसायिकतातर्फ उन्मुख गराउनु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले सीपले स्वरोजगारको बाटो तय गर्ने समेत उल्लेख गर्दै श्रम गर्नेहरुलाई सम्मान गर्ने संस्कारको विकास हुनु आवश्यक रहेकोमा जोड दिनुभयो । तुलसीपुर मेट्रो कलेज नयाँ सोच र संकल्पका साथमा अगाडी बढेको बताउँदै उत्पादित जनशक्तिको क्षमताका आधारमा कलेजको मापन हुने उहाँको भनाई थियो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले नमुना कलेजका रुपमा विकास गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुभयो । ‘प्राविधिक शिक्षाको समग्र विकासका लागि हामी प्रतिवद्ध छौ’ मन्त्री आचार्यले भन्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य अनारकली मियाले स्थानीय विकासका लागि कलेजले भुमिका खेलेको कुरामा जोड दिनुभयो । लुम्बिनी प्रदेशका पूर्व सांसद शंकर गिरीले कलेजले तुलसीपुरको गौरबका रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले कलेजले प्राविधिक शिक्षाको विकासले स्थानीय विकासमा महत्वपूर्ण भुमिका बहन गर्ने कुरा बताउनुभयो । उहाँले कलेज सञ्चालनका लागि प्रदेश सरकारले गरेको सहयोगको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबाबु सुवेदी, विद्यार्थी निराजन आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कलेज प्रमुख वसन्त आचार्यले गर्नु भएको थिए भने सञ्चालक समिति अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु पनि राखेका थिए ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।