२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा बुद्ध जयन्तीको अवसर पारेर विभिन्न कार्यक्रम गरिने

तुलसीपुर, १ जेठ । नेपाल मानव धर्म सेवा समिति तुलसीपुरले जेठ १० गते वुद्ध जयन्तीको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । पछिल्लो समय वैदिक सनातन हिन्दु धर्म माथि विभिन्न प्रकारका आक्रमणहरू भइरहेका बेला त्यसको संरक्षण र आध्यात्मिक चिन्तनको विकासका लागि बुद्ध जयन्तीका अवसरमा कार्यक्रम गर्न लागिएको समितिले जनाएको छ ।

त्यसैगरी साे अवसरमा विभिन्न बाल नृत्य प्रतियोगिता र सरसफाइ लगायतका कार्यक्रमहरू पनि गर्ने तयारी रहेकाे  नेपाल मानव धर्म सेवा समितिका सचिव चन्द्र बहादुर वलीले जानकारी दिनुभयो । राप्ती भेरी प्रभारी चादना बाइजीको अध्यक्षतामा बसेको बैठकमा महात्मा चन्द्रकान्ता बाइजी, सुशीला मैनाली,  सूर्य थापा लगायतले बैठकमा आआफ्ना धारणा व्यक्त गर्नुभएकाे थियाे । 

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।