२०८३ कार्तिक १० गते सोमवार

वनस्पति दिवसको अवसरमा सल्यानमा सप्ताहव्यापी कार्यक्रम

सल्यान, २३ चैत ।  वनस्पति दिवसको अवसरमा सल्यानमा सप्ताहब्यापी कार्यक्रम सुरु भएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले टिमुरका बिरुवा रोपेर दिवस अन्तर्गत सप्ताहरुपी कार्यक्रमको उद्घाटन गर्नुभएको छ । स्थानीय समुन्नतीमा स्वस्थानीय वनस्पति भन्ने नाराका साथ यो बर्ष मनाइदै गरेको वनस्पति विभागको ६४ औं बार्सिकोत्सव तथा २५ औं वनस्पति दिवसको उपलक्ष्यमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सप्ताहरुपी कार्यक्रमको आयोजना गरेको हो ।

यो बर्ष दिवसका अवसरमा हुने सप्ताहव्यापी कार्यक्रममा टिमुर विशेष कृयाकलाप हुने वनस्पती अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकले बताउनुभयो । यससंगै दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता, उत्कृष्ट कर्मचारी पुरस्कार बितरण, जैबिक विविधता सम्मान लगायत बिरुवा रोपण आदी कार्यक्रम संचालन गरिने उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले मुलपानी बनस्पति उद्यानको अवलोकन गर्दै थप सुधारका लागि मार्गनिर्देशन गर्नुभयो ।।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।