रिता केसी तुलसिपुर, २३ पौष । दाङको तुलसिपुर ४ मा रहेको गाडिबराह सामुदायिक बनमा लगाइएका विरुवा संरक्षणको अभावमा हुर्किन पाएका छैनन् । २ वर्ष पहिले रोपिएका मसला, सल्ला सिसौ खयर जातका विरुवाको सुरक्षाका लागि तारजाली नभएर गाइवस्तु लुकिछिपि हालिदिदा रोपिएका विरुवा हुर्किन नपाएको बनका अध्यक्ष ठाकुर बन्जाडेले बताउनुभयो । रोपिएका विरुवाको उचित संरक्षण नहँुदा विरुवा राम्ररी फस्टाउन सकेका छैनन् । करिब ५० हजारको लागतमा नया वस्ति, सुनौलिपुर, ठुलाखालि र बुकेसत्ता नजिकै बराहथानमा १ सय पचास वटा विरुवा रोपिएको थियो । रोपिएका विरुवामध्येमा मसला बाहेक अन्य विरुवा राम्रोसँग हुर्किन नपाएकाले लागत समेत उठ्न नसक्ने उहाँले बताउनुभएको छ । यस्तै उक्त सामुदायिक वनमा सामान्य रुपमा चोरि निकासि रोकिन नसकेको बताउनु भयो । ‘विकराल स्थिति त छैन’ उहाले भन्नुभयो – ‘तर निति एकातिर व्यवहार अर्कोतिर भइदिदा समस्या हुन्छ ।’ नितिगत सहजताका लागि सम्बन्धित निकायले सहयोग गरिदिए राम्रो हुने उहाँको अपेक्षा छ । गरिब तथा विपन्न नागरिकहरुले दाउरा चोरि गर्ने गरेकाले उनीहरुको लागि राज्यले आयमुलक सिप सिकाउने पर्ने कुरामा जोड दिनुभएको छ । यसका लागि सम्बन्धित निकायमा पहल गरेपनि सुनुवाइ नभएको उहाँको भनाइ छ । घाँस दाउराका लागि वर्षमा ३ पटक बन खुलाउने नियम रहेकाले उपभोक्ताको भनेजति माग पुरा गर्न नसकिएका कारणले चोरि निकासि हुने गरेको उहाँले बताउनुभयो । सो वनको क्षेत्रफल ३ सय ४ हेक्टर रहेको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।