काठमाडौँ, २३ पौष । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष हालसम्मकै धेरै धान उत्पादन भएको जनाएको छ । मन्त्रालयकाअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा हालसम्मकै धेरै धान फलेको हो । मन्त्रालयको तथ्याङ्कअनुसार यो वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन भएको छ । यो वर्ष सबैभन्दा बढी कोशीमा १४ लाख ३५ हजार ५ सय ७८ मेट्रिक टन धान उत्पादन भएको छ भने कर्णालीमा सबैभन्दा कम एक लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको छ । यसअघि सबभन्दा धेरै धान आर्थिक वर्ष २०७७÷७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको थियो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।