२०८३ कार्तिक १० गते सोमवार

तुलसिपुरको तरकारी बजारमा राखिएको मुल्य सुचि बोर्ड बन्द

तुलसिपुर, ६ पुस ।  तुलसिपुरको तरकारी तथा फलफुल कृषि बजारमा राखिएको विद्युतिय मुल्य सुचि बोर्ड दुई हप्ता नपुग्दै बन्द भएको छ । तरकारी तथा फलफुल बजारमा पसलै पिच्छे फरक–फरक मुल्य हुने गरेको व्यापक गुनासो आएपछि तुलसीपुर उपमहानगरपालिकाले गत मंसिर २६ गत मुल्य सुचि बोर्ड राखेको थियो । उपभोक्ताहरुलाई ठगिनबाट जोगाउने उदेश्यले नगरपालिकाले मुल्य सुचि बोर्ड राखेको भएपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको पाइएको छ ।

नियमनकारी निकायको कमजोरीका कारण यस्तो अवस्था आएको उपभोक्ताहरुको भनाई छ । यता तरकारी तथा कृिष बजार व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद घिमिरेले भने मुल्य सुचि बोर्ड बन्द भएकोबारे आफुलाइ जानकारी नभएको बताउनुभएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका कृषी शाखा प्रमुख धनराज गौतमले पनि यसबारेआफुलाई जानकारी नभएको बताउनुभएको छ ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।