सल्यान,६ पौष । सल्यानको कपुरकोट गाउँपालिकाको टोली कपुरकोटको ताजा बेमौषमी तरकारीको बजारिकरणका लागि शुक्रबारबाट मध्य नेपालको अवलोकन गर्न निस्केको छ । गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको नेतृत्वमा कर्णाली प्रदेशका भुमि ब्यबस्था तथा कृषि मन्त्री भिम प्रकाश शर्मालाई साथमा लिएर टोली निस्केको हो । टोलीले लुम्बीनी प्रदेशमा रहेका जिल्लाका सबै ठुला शहरहरु,गण्डगी प्रदेशका जिल्लामा रहेका सबै ठुला शहरहरुको अवलोकन गर्दै सम्बन्धित स्थानीय तहहरुसंग कपुरकोटको ताजा बेमौषमी तरकारीको बजारिकरणका बिषयमा छलफल समेत गर्ने उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो ।
गाउँपालिकाले ताजा तरकारी मार्फत आफ्ना नागरिकहरुलाई आत्म निर्भर बनाउन पालिकाको १३ औं गाउँसभाबाट एकिकृत कृषि बिकास कार्यक्रम समेत पारित गरेको छ । मध्य नेपालका ठुला शहर अवलोकनका क्रममा कपुरकोटको तरकारीको ब्रान्डिङ,बजारिकरणका लागि ठुला शहरमा स्टल निर्माण,कृषि एम्बुलेस सञ्चालन लगायतका बारेमा बिशेष छलफल गरिने उपाध्यक्ष भण्डारीको भनाई छ ।
केही दिन अगाडी पश्चिम नेपालका जिल्लामा अवलोकन गरेको पालिकाको टोलीले मध्य नेपालका बिभिन्न स्थानीय तह,कृषि उपज बजार केन्द्र,तरकारी उपभोक्ता,किसान तथा ब्यापारीसंग कपुरकोटमा उत्पादित तरकारीको महत्व,सेवनको फाइदाका बारेमा जानकारी गराउने छ । पौष १० गते सम्म अवलोकन गर्ने टोलीले कृषिका क्षेत्रमा अन्य स्थानीय तहमा भएका अभ्यास,उत्पादनमा आधारित कृषि अनुदान,न्यूनतम समर्थन मुल्यकोष लगायतका बारेमा जानकारी लिने प्रमुख प्रशासकी अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।