कर्णाली प्रदेशले कृषि उपजहरुको आयात निर्यातको तथ्यांक लिने

सल्यान , १० मंसिर । कर्णाली प्रदेश सरकारले प्रदेश भित्र कृषि उपजहरुको आयात निर्यातको तथ्यांक संकलन लिन थालेको छ । प्रदेशका प्रमुख दुई नाका कपुरकोट सल्यान र बबइ सुर्खेतबाट कृषि उपजहरुको तथ्यांक लिने कार्य सुरु गरेको हो । कर्णाली प्रदेश भित्र उत्पादित र बाह्रय क्षेत्रबाट कृषि उपजहरुको यर्थाथ तथ्यांक नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा कठिनाई भएको भन्दै दुई नाकाबाट कर्मचारी खटाई तथ्यांक लिने व्यवस्था गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। नरहरि प्रसाद घिमिरेले जानकारी दिनु भयो । मंसिर ७ गतेदेखिनै २४ सैँ घण्टा नाकाहरुबाट प्रदेश आवात जावत गर्ने यातायातका साधनहरुलाई सुरक्षा निकायसँगको समन्वयमा कृषि उपजहरुको विवतरण सोधखोज गरी तथ्यांक लिने काम भइरहेको उहाँको भनाई छ । प्रदेश भित्र र बाह्रय क्षेत्रबाट आउने कृषि उपजहरुको यकिन तथ्यांक नहुँदा समस्या भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले बताउनु भयो । कर्णाली प्रदेशभर एक वर्षमा के कति कृषि उपज खपत हुन्छ र आयात निर्यात हुन्छ भनेर वास्तविक तथ्यांक निकाल्ने प्रयास गरिएको उहाँको भनाई छ । यस प्रकारको तथ्यांकले मन्त्रालय र मातहतका निकायले विश्लेषण गर्दै बजार व्यवस्थापन र गुणस्तर प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएको उहाँको भनाई छ । मन्त्रालयलाई कृषि क्षेत्रको विकासमा भावी नीति तथा कार्यक्रम तय गर्न महत्वपूर्ण सहयोग हुने समेत विश्वास लिएको मन्त्री शर्माले बताउनु भयो । सल्यान खबरबाट साभार गरिएको हो ।।

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया