२०८३ कार्तिक १० गते सोमवार

अलैँची बेचेर २४ करोड रुपैयाँ आम्दानी

लमजुङ, १० मंसिर ।  यस वर्ष अलैँची बिक्रीबाट लमजुङका किसानले २४ करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार अलैँची बिक्रीबाट लमजुङमा २४ करोड रुपैयाँ भित्रिएको हो । उहाँका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट त्यति रकम आम्दानी भएको हो । गएको वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो ।

उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका हुन् । जिल्लाको मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका, क्वलहोसोँथर गाउँपालिका, दूधपोखरी गाउँपालिकाका साथै बेसीसहर नगरपालिका र राइनास नगरपालिकाका केही क्षेत्रमा अलैँचीको व्यावसायिक खेती हुुँदै आएको छ । अहिले जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।