२०८३ कार्तिक १० गते सोमवार

दंगीशरणको कलमखोलामा पहिलो पटक कृषी हाटबजार लाग्दै

तुलसीपुर, १७ कात्तिक ।  दाङको दंगीशरणमा कृषी हाटबजार लाग्ने भएको छ । हाम्रो राजाकोट बहुउद्येश्यीय सहकारी संस्थाको आयोजना तथा दंगीशरण गाउँपालिका २ नम्बर वडा कार्यालय, दंगीशरण गाउँपालिका कृषी विकास शाखा र ग्रिन फाउन्डेसन नेपालको समन्वयमा दंगीशरण २ को कलमखोलामा कृषी हाटबजार लाग्ने भएको हो । उक्त स्थानमा पहिलो पटक यही कात्तिक २५ गते बिहान ७ बजेदेखी सञ्चालन हुन गइरहेको कृषी हाटबजारबाट किसानलाई सहयोग पुग्ने अपेक्षा लिइएको आयोजक हाम्रो राजाकोट बहुउद्येश्यीय सहकारी संस्थाका उपाध्यक्ष सिएम विश्वकर्माले जानकारी दिनुभएको छ ।

हाटबजारमा के कस्ता सामाग्रीहरु राख्ने भन्ने बारेमा छलफल भइरहेको भन्दै उहाले दंगीशरण गाउँपालिका भरी नै उत्पादन भएका खसि, बोका, कुखुरा, खाद्यान्न सामाग्री, तरकारी, फलफुल, ढकिया, दुनाटपरी लगाएतका बस्तुहरु हाटबजारमा उपलब्ध हुने बताउनुभयो । उक्त बस्तुको मुल्य भने अझै निर्धारण नगरिएको भन्दै बजार मुल्य बझेर त्यही अनुसार निर्णय गर्ने उहाको भनाई छ । पहिलो पटक यही कात्तिक २५ गते परिक्षण गर्ने र सम्भावना देखिएको अवस्थामा प्रत्यक हप्ता हाटबजार लगाउने उद्येश्य रहेको उहाले बताउनुभयो । हाटबजारमा विक्रि नभएका सामाग्री ग्रिन फाउन्डेसन नेपालको सम्वनयमा बजारीकरणको व्यवस्था गरिने उहाले बताउनुभयो । त्यसकारणले गर्दा आफुले उत्पादन गरेको सम्पुर्ण सामाग्रीहरु हाटबजारमा ल्याउनका लागी सम्पुर्ण दंगीशरणबासी उहाले आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।