२०८३ कार्तिक १० गते सोमवार

बजार व्यवस्थापन सिक्दै मेट्रो कलेजका विद्यार्थी

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा कृषि अध्ययनरत विद्यार्थीहरुले बजार व्यवस्थापन र उद्यमशिलताका बारेमा विभिन्न जानकारी गराइएको छ । चाडपर्वलाई लक्षित गरेर फुलखेती गरिरहेका विद्यार्थीहरुलाई बजारसँग जोड्नका लागि बजारीकरणका विभिन्न तरिकाका बारेमा जानकारी गराइएको थियो । विद्यार्थीहरुलाई अभिमुखिकरण गर्दै युवा उद्यम विनिल केसीले मुल्य निर्धारण देखि उपभोक्ता आकर्षणसम्मको प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

‘हामीले कुनै पनि वस्तुको लागत मुल्यलाई ख्याल गरेर बजार मुल्य निर्धारण गर्नुपर्दछ, अरुको देखासिकीमा मुल्य निर्धारण गर्दा नोक्सान हुने सम्भावना रहन्छ ’ उनले भने । उद्यमशिलतातर्फ युवाहरुलाई लक्षित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै व्यवसायमा उतार चढाव झेल्न सक्ने व्यक्ति नै सफल बन्ने उनको सुझाव थियो । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका आर्थिक विकास समितिका संयोजक माधव ओलीले उपमहानगरपालिकाले नवप्रवर्तनात्मक व्यवसाय गर्ने युवाहरुलाई प्रारम्भिक लगानी गर्नमा सहयोग गरिरहेको कुरामा जोड दिए ।

कलेज प्रमुख वसन्त आचार्यले विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञानका लागि कलेजले विभिन्न परियोजना सञ्चालन गरिरहेको बताए । ‘हामीले आफै पनि केही गर्न सक्छौ भन्ने सोचको विकास गराउनका लागि विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेका छौ’ उनले भने । सो अवसरका कृषि संकाय संयोजक कल्पना वली, प्रशिक्षक घनश्याम केसी, विद्यार्थी सन्दीप मल्ल लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।