२०८३ कार्तिक १० गते सोमवार

पशुपन्छी प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्दै कपुरकोट गाउँपालिका

सल्यान,०३ असोज । सल्यानको कपुरकोट गाउँपालिकामा कार्यरत पशुपन्छी प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि ३ दिने भेटनरी सेवा सम्बन्धी तालिम सुरु गरिएको छ । गाउँपालिकाको आयोजनामा पशु शाखा तथा ६ वटै वडा स्तरमा रहेका पशुपन्छी सेवा केन्द्रमा कार्यरत प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि तालिम सुरु गरिएको हो ।

 गाउँपालिकामा कार्यरत प्राविधिकहरूलाई पशुपन्छीमा लाग्नसक्ने महामारीजन्य रोगको रोकथाम तथा पहिचान,रोगको नमुना संकलन, घरेलु उपचार विधि, पशुपन्छीमा हुने प्रजनन सम्बन्धी रोगको उपचार, रोग अनुसारको खोप र दिइने औषधीको मात्रा लगायतका विषयमा दक्ष बनाउन तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।

आइतबारबाट सुरु भएको तालिमलाई उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले पालिकाको पशुपन्छी व्यवसायको प्रचुर संभावनालाई केन्द्रमा राखी पशुपालक कृषक, उधमी, व्यवसायीहरुलाई सहयोग पुय्राउने गरी प्राविधिकहरूको क्षमता अभिवृद्धि तालिमले निशेष भूमिका खेल्ने बताउनु भयो ।

पालिकाले पशुपन्छी जन्य उत्पादकत्व वृद्धि गर्ने, परम्परागत एवं निर्वाहमुखी पशुपन्छीपालनलाई व्यवसायिकरण गर्ने, दुग्ध पदार्थ, मासु ,अण्डा उत्पादन गरी कुपोषण हटाउने लगायतका कार्यक्रम बनाएको भण्डारीको भनाई छ । 

पशु शाखा प्रमुख अरुणा भण्डारीले सहजिकरण गरेको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष ईश्वर बुढा, वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल कठायतले तालिमबाट प्राप्त गरेका ज्ञानलाई किसानका गोठ तथा खोर सम्म पु-याएर  सहयोग गर्न अनुरोध गर्नु भयो । मंगलबार सम्म हुने तालिमको प्रशिक्षकमा पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका डा.जयन्त महत र शहीद नेत्रलाल बहुप्राविधिक शिक्षालय सल्यानका डा. बालकृष्ण पाण्डे हुनुहुन्छ ।।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।