२०८३ असार १० गते बुधवार

मापदण्ड अनुसार निःशुल्क विद्यार्थी नपढाउने बोर्डिङ स्कुललाई कारबाही गर्ने रावतको चेतावनी

तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले तोकेको मापदण्ड अनुसार गरिब तथा विपन्न वर्गका बालबालिकालाई निशुल्क नपढाउने तुलसीपुरका बोर्डिङ स्कुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । विद्यालयमा एक सय जना विद्यार्थी भर्ना भएमा १० विद्यार्थीलाई बोर्डिङ स्कुलले छात्रवृत्तीमा निशुल्क पढाउने कानुनी व्यवस्था छ । जस अनुसार तुलसीपुरमा रहेका निजी बोर्डिङ स्कुलाई छात्रवृत्तीमा पढाएका विद्यार्थीको विवरण माग गरेको र मापदण्ड संचालन नभएको पाइएमा कारबाही गर्ने संयोजक रावतले बताउनुभयो ।

सुन्नका लागि तल क्लिक गर्नुहाेस

 

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया