तुलसीपुर, ३ कार्तिक । दाङको तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका – ११ हस्नापुर निबासी २० बर्षका बिपिन बिक रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।
३२ केविएको नाङ्गो तारबाट हुक लगाएर क्वाङखाेलामा माछा मार्ने क्रममा बिपिनलाई करेन्ट लागेको थियो । प्रहरीले संगै माछा मार्न गएका मध्यका श्रवण बुढालाई नियन्त्रणमा लिएको छ भने अर्जुन विक र भोला विसी फरार रहेको प्रहरीले बताएको छ ।
मृतक बिपिनको शवलाई पोस्टपार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । घटना बिहीबार दिउँसो साढे चार बजे भएको थियो । यसैबिच तुलसीपुर उपमहानगरपालिकाका –११ का वडा अध्यक्ष मानबहादुर रावतले घटना प्रति दुःख व्यक्त गर्दै मृतक आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।