तुलसीपुर,९ मंसीर । ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्य गरौँ’ भन्ने मूल नाराका साथ आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दाङ सहित देशैभर सुरु भएको छ । सोहि अन्र्तगत तुलसीपुरमा पनि अधियानको सुरुवात गरिएको छ ।
महिला बालवालिका तथा सामाजिक विकास शाखाको आयोजना एवं विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा अभियानको सुभारम्भ गरिएको छ । कार्यबहाक नगर प्रमुख भुब बहादुर केसीको अध्यक्षतामा अभियानको सुरुवात गरिएको हो । पुररुषहरुलाई सेतो रिबर्न लगाउदै अभियानको सुरुवात गरिएको छ । आजबाट सुरु भएको अभियान १६ दिन सम्म विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान संन्चालन हुदै आएको छ । नेपालमा २०७५ साल देखी यो अभियान मनाउन थालिएको हो ।
प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।