२०८३ कार्तिक १५ गते आइतवार

बाघको छालासहित दुई जना पक्राउ

तुलसीपुर,६ मंसीर । दाङमा बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा न. ६ बस्ने ३८ वर्षीय सुर्य बहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा न. ५ रानिजरुवा बस्ने ३१ वर्षीय महेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

हिजो आइतबार बेलुका ७ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको रा ३ प २६६ नम्बरको मोटरसाइकल शंका लागि चेकजाच गर्दा ब्याग भित्र लुकाएको अवस्थामा बाघको छाला फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्ष मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ परेका उनिहरुको साथबाट ८ फिट २ ईन्च लम्बाई र १ फिट ८ ईन्च चौडाई भएको बाघको छाला १ थान, सिल्भर रङको रेड्मी नोट,सादा मोबाइल १ थान बरामद गरेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । पक्राउ परेका दुई जना माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।