कैलालीको भासु भीरमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । हिजो आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिनुभयो ।
आज सोमबार राति करिब दुई बजेको समयमा गएको पहिरोले राजमार्ग पुर्ण रुपमा अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको उहाँले बताउनुभयो । पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने तराईबाट पहाड जाने सवारीसाधन पनि अलपत्र परेका छन् । उता अछामको चौरपाटी गाउँपालिकामा पनि पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएको छ । चौरपाटी गाउँपालिकाको दुनीमा अविरल वर्षापछि आएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ । अहिले त्यहाँ पनि डोजरको प्रयोग गरेर सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।