२०८३ कार्तिक १५ गते आइतवार

राउटेको गणना अन्तिम समयमा गर्ने

फाईल फोटो

सुर्खेत,१४ असोज । स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो ।

राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिण्डे नगरपालिका वडा नं १ को घाटगाउँमा बस्दै आएका छन । सुर्खेत प्रदेश जनगणना कार्यालयले राउटेहरु छिटो–छिटो बसाइँ सर्ने हुँदा छुट्ने वा दोहोरिन सक्ने भएकाले जनगणनाको अन्तिम समयमा गर्ने गरी स्थानीय जनगणना कार्यालयहरूसँग समन्वय भइरहेको जनाएको छ । अति लोपोन्मुख यो समुदायमा हाल १४० जना छन् । जनगणनाका लागि सुर्खेतस्थित प्रदेश जनगणना कार्यालयले दैलेखको गुराँस गाउँपालिका र सल्यान जिल्ला जनगणना कार्यालयसँग समन्वय गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।