२०८३ कार्तिक १६ गते सोमवार

चितुवाले २२ वटा खसी बाख्रा मार्यो

फाईल फोटो

बर्दिया ११ असोज। बर्दियामा चितुवाले बाख्रा फर्ममा पसी २२ वटा खसी बाख्रा मारेको छ । गएराती गुलरिया नगरपालिका वडा नं। ५ मा रहेको चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा रहेका २२ वटा खसी बाख्रा चितुवाले मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिनुभयो ।

सबैलाई घाँटी फोडेर मारेपछि रगत खाएर छोडेको अवस्था देखिएको छ,’ पौडेलले भने, ‘सम्बन्धित क्षेत्रका जानकारले त्यति धेरै क्षति कम्तीमा दुईरतीन वटा चितुवाले गरेको अनुमान गर्नुभएको छ।’चितुवाले फार्मभित्र पसेर एउटा खसीसमेत तानेर लगेको फार्म सञ्चालक पौडेलले दिनुभयो ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।