२०८३ कार्तिक १५ गते आइतवार

अट्वारीको अवसरमा नगर प्रमुख पाण्डेद्धारा शुभकामना

तुलसीपुर, २७ भदौ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ । विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भ्रातृत्व र सद्भावको वातावरण बनेको बताउनुहुँदै शुभकामना सन्देशमा बहुभाषिक र बहुजातीय मुलुक नेपालमा समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएको बताउनुभएको छ ।

यस्तै खाले विभिन्न चाडपर्वले नेपाली समाजको विशेषता अरूका लागि पनि अनुकरणीय बनेकोसमेत उहाँले बताउनुभएको छ । “हाम्रा महत्वपूर्ण चाडपर्वसंगै कोभिड माहामारीको दोस्रो लहर पनि संगसंगै आइरहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरेर सिङ्गो समाजलाई कोरोनामुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगका लागि अपिलसमेत गर्दछु । ” नगर प्रमुख पाण्डेद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

दाङका भुमिपुत्र थारुहरुको ऐतिहासिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व वोकेको यस चाडले हरेक नेपालीका विचमा सामाजिक सद्भाव कायम गर्ने पाण्डेले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।