२०८३ कार्तिक १६ गते सोमवार

जनजातीहरुको संस्कृति र भेषभुषा संरक्षण गर्नुपर्छ :मन्त्री चौधरी

तुलसीपुर, १८ भदौ । लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकाश मन्त्री डिल्ली बहादुर चौधरीले संस्कृति तथा भेषभुषालाई संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । नेपाल मगर बुद्ध सेवा समाज दाङ र नेपाल मगर संघ तुलसीपुर नगरकमिटिले सयुक्त रुपमा शुक्रवार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताउनुभयो ।

बौद्ध सेवा समाज दाङका अध्यक्ष मणि बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जनजातीहरुको संस्कृति र भेषभुषालाई जगेर्ना गर्न आबश्यक रहेको बताउदै यसका लागी आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । नेपाल बहुसांस्कृतिक र बहुभाषिक देश भएकाले यसमा जनजाती समुदायहरुको पनि छुट्टै पहिचानलाई जोगाईराख्न आबश्यक रहेको उहाले बताउनुभयो ।

सो अवसरमा मन्त्री चौधरीलाई खादा ओढाएर बधाई तथा स्वागत गरिएको हो । नेपाल बौद्ध सेवा समाज लुम्बिनी प्रदेश उपाध्यक्ष बलिभद्र कुसारी मगरको स्वागत मन्तव्यबाट सुरु भएको नेपाल मगर संघ जिल्ला समितिका सल्लाहकार टोप बहादुर घर्ति लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेपाल मगर संघ तुलसीपुरका अध्यक्ष राम कुमार घर्तिले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।