२०८३ कार्तिक १६ गते सोमवार

राष्ट्रिय समामेशी आयोगको टोली तुलसीपुरको वादी समुदायमा

तुलसीपुर, ११ भदौ । राष्ट्रिय समामेशी आयोगको टोली, दाङको तुलसीपुर –७ नयाँवस्ती स्थित वादी समुदायको बसोबास रहेको क्षेत्रमा पुगेको छ । वादी समुदायको वास्तविक अवस्था, उनीहरुले गर्दै आएको पेशा व्यवसाय, र सशक्तिकरणका लागि गर्न सकिने क्रियाकलापका सम्बन्धमा अध्ययन गर्न दाङ आएको आयोगका सदस्य पुष्पराज तिमिल्सिनाले जानकारी दिनुभयो । आयोगका सदस्य तिमिल्सिना समक्ष वादी समुदायका महिलाहरुले उमेर ढल्किदासम्म आफ्नो नाममा एक धुर जग्गा नभएकाले लालपुर्जाको व्यवस्था गरिदिन आग्रह गरेका थिए भने कतिपयले ५०÷५२ बर्षसम्म नागरिकता नपाएको गुनासो गरेका थिए ।

मादल बनाउने र माछा मार्ने पेशा संकटमा परेको भन्दै उनिहरुले रोजगारीका अवसरहरु सृजना गरिदिन आग्रह समेत गरे । मादल बनाउनका लागि आवश्यक पर्ने काठ सामुदायिक वनले नदिने, छाला ल्याउँदा वन्यजन्तु मुद्दा लाग्ने, र बिष हालेर माछा मार्ने भएकाले माछा मार्ने पेशा पनि संकटमा परेकाले जीवीको पार्जनमा ठूलो समस्या भएको हुमी वादीले बताउनभयो । आयोगका सदस्य तिमिल्सिनाले निरक्षण र अनुगमणका क्रममा प्राप्त भएका गुनासा, समस्या, चुनौति र सुझावलाई जस्ताको तस्तै प्रतिवदेनमा समेट्ने र सरकारलाई निर्देशन दिने बताउनुभयो ।

राष्ट्रिय समामेशी आयोग र स्थानीय सरकार बीच लक्षित वर्ग केन्द्रित छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका– ७ का वडाध्यक्ष टोपबहादुर केसी, तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेत, महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो । नयाँवस्तीमा रहेका ४२ घरधुरी वादी मध्य १० घरधुरी परिवार घरबास नभएको पाइएको छ भने अन्यको पनि लालपुर्जा नभएको हुमी वादीले बताउनुभयो । ती अधिकांस वादी समुदायले ज्यालामजदुरी गरेर जिविको पार्जन गर्दै आएको बताएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।