नवलपरासी,३ भदौं । नवलपरासीको पुर्व मध्यबिन्दुमा भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी मध्यबिन्दु नगरपालिका वडा न.ं १० बस्ने ४२ बर्षका दल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक मधुसुदन सिंहले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार बुधबार लु २८ प ५४४५ नं. को मोटरसाइकलमा भरुवा बन्दुक बोकेको अवस्थामा गस्ती प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका थापाको साथबाट भरुवा बन्दुक, १८ थान सिसाको छर्रा गोली, सेतो पलाष्टिक भित्र ४० ग्राम बारुद र सानो बट्टा भित्र राखीएको पटका जस्तो देखिने केपको वट्टा १६ थान फेला परेको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिनुभएको छ । पक्राउ परेका उनिविरुद्ध हतियार तथा खरखजना मुद्दा चलान भईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।