२०८३ कार्तिक १५ गते आइतवार

तुलसीपुरमा स्वास्थ्यकर्मीका लागि एक दिने अभिमुखिकरण तालिम शुरु

दाङ,१ भदौ । तुलसीपुरमा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीका लागि १ दिने अभिमुखिकरण तालिम शुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका जन स्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय दाङको समनोय र सक्षम प्रणालीको सहयोगमा स्वास्थ्यकर्मीहरुका लागि तालिम शुरु गरिएको हो । उक्त तालिममा स्वास्थय संस्थाका प्रमुख ,स्वास्थय कर्मी , बर्थिङ सेन्टरमा काम गर्ने नर्सिङ ,कार्यलय सहयोगी लगायतका व्यक्तिहरुलाई तालिम दिएको छ ।

उक्त कार्यक्रममा डा एकराज दाहाल ,सुरेश शाह , निरमाया गुरुङ लगायतको टिमले प्रशिक्षण गर्नु भएको छ । जन स्वास्थय प्रवर्द्धन शाखाका प्रमुख ओम प्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम माथि प्रमुख अतिथि स्वास्थय कार्यलय दाङका प्रमुख अंगद बहादुर शाहीले तालिमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । नर्सिङ निरीक्षक विनु गौतमको स्वात मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण कोभिड फोकल पर्सन विमल केसीले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।