२०८३ कार्तिक १५ गते आइतवार

आज सोमवारे ब्रत विभिन्न मन्दिरमा दर्शनार्थीको भिड

सांकेतिक फोटो

काठमाण्डौ,३२ साउन । आज साउन महिनाको अन्तिम सोमवार । देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । आज अन्तिम सोमवार भएकाले पशुपतिमा पनि भक्तजनको भीड लागेको हो । कोरोनाको कारण यसवर्ष पशुपतिनाथको मन्दिर बन्द भए पनि मन्दिर परिसर बाहिर भक्तजनहरुको भीड लागेको छ ।

कोरोनाको जोखिम बढेसँगै पशुपतिलगायत मन्दिरमा नित्य पूजालाई मात्रै अनुमति दिइएको छ । मुल मन्दिर बन्द भए पनि दर्शनर्थीहरु मन्दिर परिसरमा पूजाका लागि पुगेका छन् । अन्तिम सोमवार भएकाले व्रतालुले आज व्रत थन्काउने गर्दछन् । यही कारण पनि पशुपतिमा भीड बढेको हो । साउन महिनाको सोमवारमा हिन्दु महिलाहरुले महादेवको पूजा गर्दै व्रत बस्ने गर्दछन् ।

साउनको सोमवारमा महादेवको पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेर आएको छ ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।