२०८३ कार्तिक १५ गते आइतवार

खाग काटिएको अवस्थामा मृत गैँडा फेला

चितवन,३१ साउन । चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ क्षेत्र अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । हिलोमा गडेको मृत अबस्थामा गैँडा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

गैँडा यही साउन ११ गते मृत फेला परेको भएपनि घटनाबारे आज मात्रै जानकारी दिएको थियो । कम्तीमा दुई महिनाअघि मरेको हुनसक्ने आशङ्का गरिएको छ । खाग काटिएको र टाउकोका हड्डीमा गोली लागेको जस्तो चोट देखिएको अधिकृत बरालले बताउनुभयो । नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीले मृतावस्थामा फेला पारेको थियो ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।