रुकुम,३० साउन । रुकुम पश्चिमले द्धन्द्धपीडित तथा विभिन्न लक्षित वर्गहरुको लागि बस र एम्बुलेन्स निःशुल्क प्रयोगमा ल्याएको छ । चालु आर्थिक वर्षको २०७८÷७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम साउनबाटै रुकुमको चौरजहारी नगरपालिकाले बस र एम्बुलेन्समा भाडा नलिने बताइएको छ । विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा थप दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले अहिले तीन नगर बस सञ्चालन गरिरहेको छ भने दुई एम्बुलेन्स चलाउँदै आएको छ । सेवामा सहजता ल्याउन थप दुई नगर बस खरिदको तयारी गरिएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । उहाँका अनुसार गर्भवती र सुत्केरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार र शहीद परिवारका सदस्यले यो सेवा निःशुल्क पाउने भएका छन् । यसैगरी पूर्ण अशक्त, अति अशक्त भएका व्यक्ति र अति विपन्न परिचयपत्र प्राप्त गरेकालाई पनि निःशुल्क सेवा दिइने छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।