सांकेतिक फाईल फोटो
बर्दिया,२९ साउन । बर्दिया नगरपालिकाले नेपालमै पहिलो पटक थारु प्रथा बडघरलाई कानुनी मान्यता दिएको छ । नगरपालिकाले नगर क्षेत्रका ९० मूल बडघरलाई परिचयपत्र प्रदान गरेर कानुनी मान्यता दिएको हो । बारबर्दिया नगरपालिकाले आफ्नो क्षेत्रभित्रका बडघर परिचालन गर्न बडघर ऐन बनाएर लागू गरेको छ । बडघरलाई कानुनी मान्यता प्रदान गर्ने यो जिल्लाको पहिलो पालिका हो ।
यसअघि नगरका बडघरले आपूmहरूलाई कानुनी मान्यता दिन माग गर्दै आएका थिए । थारु समुदायमा परम्परादेखि नै बडघर प्रथा प्रचलनमा रहँदै आएको छ । बडघरले सामुदायिक विकासका काममा अगुवाइ गर्ने, सामुदायिक मेलमिलाप, राज्यका नीतिनियम कार्यान्वयनमा राज्यलाई सहयोग पु¥याउँदै आएका छन् । थारु समुदायमा माघ महिनामा समुदायको एक जना व्यक्तिलाई बडघर चुन्ने प्रचलन छ ।
प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।