दाङ, १७ कात्तिक । चितवनमा आयोजना भएको प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८३ मा लुम्बिनी प्रदेशबाट तेक्वान्दो खेलाडीहरुले उत्कृष्ट खेल प्रर्दशन गरेका छन् । चितवन तक्वान्दो दोजाङको आयोजनामा यहि कात्तिक १३ देखी १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सात प्रदेशबाट खेलाडीहरुले भाग लिएका थिए । यस्तै भारत, बंगलादेश र माल्दिभ्सबाट समेत खेलाडीहरुले सहभागी जनाएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा लुम्बिनी प्रदेशबाट लुम्बिनी प्रदेस तेक्वान्दो संघको नेतृत्वमा विभिन्न विधामा १९ टिमले सहभागिता जनाएको प्रदेश सदस्य बम बहादुर विकले जानकारी दिनुभयो । जसमा ४२ केजी तौल महिलातर्फ लक्ष्मी रामजाली प्रथम, ४४ केजी तौल तर्फ रोसनी तामाङ प्रथम, ४८ केजी तौल पुरुषतर्फ आयुव सुनार प्रथम, ५४ केजी तौलतर्फ अंकित सहानी दोस्रो हुनु भएको उहाले जानकारी दिनुभयो ।
यस्तैगरी ५८ केजी तौल पुरुषतर्फ मोहमद हुसेन दोस्रो, ४९ केजी तौल महिलातर्फ सरिता केसी दोस्रो, ५३ केजी तौलतर्फ बर्षा घर्ति दोस्रो, ५७ केजी तौल तर्फ ईशा खत्री तेस्रो, ४६ केजी तर्फ अन्जनी चौधरी तेस्रो , पुम्से तर्फ संस्कृती गुरुङ तेस्रो,पुरुष तर्फ पुम्से खेलमा सान केसी तस्रो र ६८ केजी तौल तर्फ गणेस विक तेस्रो हुनु भएको हो । प्रदेशबाट तक्वान्दोका खेलाडीहरुले उत्कृष्ट खेल प्रर्दशन गरेको उहाले बताउनु भयो । सो अवसरमा तेक्वान्दो संघका अध्यक्ष लगाएत टिमकोच मदन थापामगर र टिम सयोजक भिम लाल बिश्वकर्मा खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।