२०८३ कार्तिक १७ गते मङ्गलवार

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु एक घाइते

काठमाण्डौ, १७ कात्तिक । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् ।

त्यसैगरी दुर्घटनामा परी घाइते हुनेमा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल रहेको उनले प्रहरीले बताएको छ । आज बिहान फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटनामा परेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएर दुर्घटनामा परेको हो । घाइतेलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।