रौतहट,१५ कात्तिक । रौतहटमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । परोहा नगरपालिका–४, पोखरिया टोलका ६ वर्षीय शेख आयानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो आफ्नै घरमा रहेको विद्युत्जडित कलबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा परोहा अस्पताल लौकाहामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।