फोटो फाईल
तुलसीपुर, १५ कात्तिक । दाङ प्रहरीले तुलसीपुर ६ स्थित एक होटेलबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका चार जना विरुद्ध मुद्दा चलाएको छ । गत विहिवार राती इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेका चार जना विरुद्ध जुवा सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरी आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरीले सल्यानको कुमाख गाउँपालिका–५ निवासी २९ वर्षीय प्रजित पुनमगर, सोहि ठाउँका ३१ बर्षिय तुलसिराम केसी, २९ बर्षिय सुबास ओलि र २९ बर्षकै प्रबिन रावतलाई पक्राउ गरेको थियो । साथै प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ५९ हजार ५६० रुपैयाँ र ६ बुक तास बरामद गरेको थियो ।
प्रकाशित मिति : २०८३ कार्तिक १५ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।