२०८३ भाद्र १३ गते शनिवार

ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु

भोजपुर, १५ कात्तिक ।  भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अरू चारजना घाइते भएका छन् । दुर्घटनामा चालक षडानन्द नगरपालिका–४ का २५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ का १७ वर्षीय नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार काठ बोकेर चाम्लादाङबाट दिङ्लातर्फ गुडिरहेको ट्याकटर दुर्घटनामा १९ वर्षका दाछिरि शेर्पा, २३ वर्षका अम्बर तामाङ, १८ वर्षका सागर तामाङ र १८ वर्षकी सुनिता तामाङ घाइते भएका छन् ।

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।