२०८३ भाद्र १२ गते शुक्रवार

रसुवा घटनाका पीडित परिवारलाई रेडियो प्रकृतिका उपाध्यक्ष चालिसेद्वारा ५१ हजार सहयोग

तुलसीपुर, १२ भदौ । रसुवा घटनाबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि तुलसीपुरमा व्यवसाय गर्दै आउनुभएका रेडियो प्रकृतिका बरिस्ठ उपाध्यक्ष राम प्रसाद चालिसेले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । विपद्को कठिन घडीमा पीडित परिवारको दुःखमा थोरै भए पनि साथ दिने उद्देश्यले आफूले उक्त रकम सहयोग गरेको उहाँले बताउनुभयो । सहयोग रकमभन्दा पनि विपद्का बेला एक–अर्काको साथ, सहयोग र मानवीय भावना महत्वपूर्ण हुने उहाँको भनाइ छ । विपदबाट प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि सबैले आफ्नो

क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले सहयोग र सहकार्यका लागि सबैमा हार्दिक आग्रहसमेत गर्नुभएको छ । ‘विपद्को यस कठिन घडीमा पीडित परिवारको दुःखमा मलम लगाउन सकियोस् भन्ने भावनाले सहयोग गरेको हुँ । सहयोग रकमभन्दा पनि यस्तो समयमा एक–अर्काको साथ र मानवता महत्वपूर्ण हुन्छ,’ उहाँले भन्नुभयो । तुलसीपुरमा व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहनुभएका उहाँले रसुवा घटनाबाट प्रभावित परिवारले शीघ्र राहत पाउनुका साथै पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामनासमेत गर्नुभएको छ । उहाँको यो सहयोगले विपदमा परेका परिवारलाई केही राहत पुग्नुका साथै अन्य व्यक्ति तथा संस्थालाई पनि मानवीय सहयोगका लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।।

प्रकाशित मिति : २०८३ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया