भोजपुर, १५ कात्तिक । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अरू चारजना घाइते भएका छन् । दुर्घटनामा चालक षडानन्द नगरपालिका–४ का २५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ का १७ वर्षीय नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार काठ बोकेर चाम्लादाङबाट दिङ्लातर्फ गुडिरहेको ट्याकटर दुर्घटनामा १९ वर्षका दाछिरि शेर्पा, २३ वर्षका अम्बर तामाङ, १८ वर्षका सागर तामाङ र १८ वर्षकी सुनिता तामाङ घाइते भएका छन् ।
प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शनिवार


