२०८२ असोज २६ गते आइतवार

रोटरी क्लव अफ राप्तीद्वारा दाङको भालुवाङमा रक्तदान

भालुवाङ २६ असोज । दाङ देउखुरीको भालुवाङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिकामा रहेको रोटरी क्लव अफ राप्तीको आयोजना एवम् राप्ती गाउँपालिका र होटल पौवाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लमहीको प्राविधिक सहयोगमा राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित ग्रिनपार्कमा शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

 

रक्तदान जिवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा महिला, पुरूष गरि ३० जनाले रक्तदान गरेका थिए । शिविरमा रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख सिमा वली, प्राविधिकहरू इच्छा बुढामगर, झरना चौधरीले सेवा दिएका थिए । शिविरमा
३० जनाले रगत दान गरेका थिए । क्लवका अध्यक्ष गोपाल आचार्यको अगुवाईमा रक्तदान कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया