२०८२ असोज २६ गते आइतवार

तुलसीपुरका शंकर चौधरी बेपत्ता 

तुलसीपुर, २६ असोज । तुलसीपुर उपमहानगरपालिका– ८ श्रवण टोल निवासी १८ वर्षका शंकर चौधरी बेपत्ता भएको आफन्तले जनाएका छन् । हिजो दिउँसो १२ बजेदेखि बेपत्ता भएको आमा काली थरुनी चौधरीले जानकारी दिनुभयो । हिजो दिउँसो १२ बजे तुलसीपुर बजारमा छु भनेर सम्पर्कमा आएका शंकर त्यसपछि सम्पर्क बिहिन भएको परिवारले जनाएको छ  ।

शंकरले प्रयोग गर्ने ९७६२०५१३१७ नम्बरको सिममा सम्पर्क गर्दा सूइचअफ छ । यसैबीच खोजी कार्यका लागि परिवारले इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन समेत दिएका छन् । प्रायजसो घर नछोड्ने छोरा एक्कासि सम्पर्क विहीन भएपछि प्रहरीमा निवेदन दिएको परिवारले जनाएको छ । यसैबिच कतै सम्पर्क भएमा ९७०४९४४५१९ नम्बरमा सम्पर्क गर्न परिवारजनले आग्रह गरेका छन् । 

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया