
काठमाण्डौ, २१ असोज । सरकारले बाढी पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आजको बैठकमा बाढी पहिरो प्रभावितलाई तत्काल राहत रकम उपलब्ध गराउने, घर क्षति भएका पीडितलाई तत्काल अस्थायी बसोबासको प्रबन्ध गर्ने र स्थायी आवासका लागि प्रक्रिया अगाडि बढाउनेलगायत निर्णय गरेको छ ।
यस्तै अस्थायी आवास निर्माणका लागि अनुदानको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय पनि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार गएको शुक्रवार र शनिवारको वर्षाका कारण इलामसहित विभिन्न जिल्लाका गरी ५२ जनाले ज्यान गुमाएका छन् । यस्तै ५ जना बेपत्ता छन् । ४७ जना घाइते भएका छन् ।
प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार