२०८२ असोज २६ गते आइतवार

सामुदायिक वन संरक्षणमा संवेदनशील भएर लाग्नुस्: अध्यक्ष भुसाल

दाङ २६ असोज । सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनको संरक्षणमा सवै उपभोक्ताहरू संवेदनशील भएर लाग्न आग्रह गर्नु भएको छ। शंकर सामुदायिक वन उपभोक्ता समूह राप्ती गाउँपालिका ८ पिपरीको शनिबार पिपरीमा भएको २७ औं वार्षिक साधारणसभा तथा १६ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष भुसालले यस्तो बताउनु भएको हो ।

 

प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष भुसालले वन विनास उपभोक्ताबाटै हुने भएकाले वनको संरक्षण गर्ने दायित्व पनि उपभोक्ताकै भएको बताउनु भएको छ।त्यस्तै उहाँले उपभोक्ताहरूलाई वनको महत्त्व बारे बुझाउन आवश्यक रहेको समेत बताउनु भयो । समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव सिता कुमारी चौधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इमानसिंह कार्कीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा समुहका लेखा संयोजक रामप्रसाद चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

कार्यक्रमको सञ्चालन कोषाध्यक्ष इमानसिंह कार्कीले गर्नु भएको थियो । यसै बीच अधिवेशनले २१ सदस्य कार्यसमितिबाट घटाएर तुलाध्वज मल्लकै नेतृत्वमा पदाधिकारी यथावत राख्दै सदस्यहरू घटाएर १५ सदस्य कार्यसमिति बनाउने गरि कार्यसमिति चयन गरिएको छ । जस अनुसार अध्यक्षमा तुलाध्वज मल्ल, उपाध्यक्षमा शान्ता चौधरी, सचिवमा सिताकुमारी चौधरी, कोषाध्यक्षमा इमानसिंह कार्की पुन दोस्रो कार्यकालका लागि दोहोरिनु भएको छ ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया