२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरमा मोटरसाइकल चोरी

तुलसीपुर, २४ असोज । दाङको तुलसीपुरबाट गएराति मोटरसाइकल चोरी भएको छ । तुलसीपुरको TVS सोरुम दक्षिण फिल्डबाट गएराती करिव ९/१० बजेको समउमा मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । तुलसीपुर ६ रजौराका गणेश लामिछानेको नीलो कालो रंगको रा ३ प ३२११ नम्बरको पल्सर बाईक हराएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो । उक्त मोटरसाइकल कतै /कुनै ठाऊमा देखेमा इलाक़ा प्रहरी कार्यलय तुलसीपुर तथा ९८४२६६४४१२ मा सम्पर्क गर्न उहाँले आग्रह गर्नु भएको छ । यता प्रहरीले पनि मोटरसाइलको खोजीकार्य जारी राखेको जनाएको छ ।।  
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।