
तुलसीपुर, २४ असोज । दाङको तुलसीपुरबाट गएराति मोटरसाइकल चोरी भएको छ । तुलसीपुरको TVS सोरुम दक्षिण फिल्डबाट गएराती करिव ९/१० बजेको समउमा मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर ६ रजौराका गणेश लामिछानेको नीलो कालो रंगको रा ३ प ३२११ नम्बरको पल्सर बाईक हराएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो ।
उक्त मोटरसाइकल कतै /कुनै ठाऊमा देखेमा इलाक़ा प्रहरी कार्यलय तुलसीपुर तथा ९८४२६६४४१२ मा सम्पर्क गर्न उहाँले आग्रह गर्नु भएको छ । यता प्रहरीले पनि मोटरसाइलको खोजीकार्य जारी राखेको जनाएको छ ।।
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार