२०८२ असोज २५ गते शनिवार

तुलसीपुरमा प्रहरीमाथि आक्रमण प्रयास : एक युवक पक्राउ, दुई फरार

दाङ, १८ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित चिउरा मिल नजिक शनिबार राति स्थानीय घरमा ढुंगा हानेर होहल्ला गर्ने समूहमाथि नियन्त्रण लिन पुगेको प्रहरीमाथि आक्रमण प्रयास भएको छ । असोज १७ गते राति करिब ११ः४५ बजे घटनास्थल पुगेको प्रहरी टोलीमाथि दुई /चार जना युवाले खुकुरी देखाउँदै अभद्र व्यवहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी चौकी बेलुवाबाट प्रहरी नायब निरीक्षक प्रकाश नेपालीको कमाण्डमा गएको मोटरसाइकल गस्ती टोलीले ती युवाहरूमाथि सम्झाउने प्रयास गर्दै गर्दा उनीहरूले प्रहरीलाई गालीगलौज र हातपात गर्न खोजेको प्रहरी निरीक्षक सूर्य बहादुर रानाले जानकारी दिनुभयो ।

घटनामा संलग्न मध्ये तुलसीपुर–९ बेलुवाका १८ वर्षीय खगेन्द्र वलीलाई आइतबार बिहान ७ बजे निजकै घरबाट पक्राउ गरिएको र बाँकी दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार
प्रतिक्रिया